Alok

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

पर्सामा मंगलबार बिहान भएको सवारी एक युवकको मृत्यु भएको छ । मंगलबार बिहान साढे २ बजे वीरगञ्ज–८ पानीट्याङकी स्थित सडकमा ना ४६ प ३२९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालक सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–२ स्थायी घर भई वीरगञ्ज – ८ मा डेरा गरी बस्ने १९ वर्षीय अनुप राईको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भई सडक किनारमा रहेको बिजुलीको पोलमा ठोक्किएर राई गम्भीर घाइते भएका थिए ।

 


८ कात्तिक २०७९, मंगलवार १५:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु