कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पुनर्वास नगरपालिकाको अमरबस्तीस्थित धनगढी-बेलौरी हुलाकी सडक खण्डमा से ७ प ४७६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रमुख प्रहरी निरीक्षक नरेश मल्लले बुधबारराति करीब ११ बजे भएको दुर्घटनामा चालक धनगढी उपमहानगरपालिका(३ का २३ वर्षीय गुड्डु राना र पछाडी सवार पुनर्वास नगरपालिका-१० का २२ वर्षीय विशाल रानाको मृत्यु भएको जानकारी दिए ।
उनकाअनुसार गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
२० असोज २०७९, बिहीवार ०८:४३ बजे प्रकाशित












