जीपको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती घाइते

चितवनमा जीपको ठक्करबाट श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छिन् ।

भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा १५च ७४७९ नम्बरको जीपले मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०३६ प ११७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक पर्वतको महाशिला गाँउपालिका–५ का ४८ वर्षीय मित्रलाल पङगेनीको मृत्यु भएको हो । टाउकोमा गम्भिर चोट लागेका उनको उपचारका क्रममा भरतपुरको पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मित्रलालकी श्रीमती ४० वर्षीया राधा घाइते भएकी छिन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


१९ असोज २०७९, बुधवार २२:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु