श्रीमतीले गरिन् श्रीमान‍्को हत्या

रुपन्देहीको तिलोत्तमा एक श्रीमतीले धारिलो हतियार प्रहार गरि श्रीमान‍्को हत्या गरेकी छन् । तिलोत्तमा–१५ की ३९ वर्षीया ग्रिजादेवी थारुले ४२ वर्षका जगदीश चौधरीको हत्या गरेकी हुन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार थारुले आफ्नै घरको कोठाभित्र खाटमा सुतिरहेको अवस्थामा फलामको धारिलो हतियारले घाँटी तथा शरीरका विभिन्न भागमा प्रहार गरी जगदीशको हत्या गरेकी हुन् ।

थारुको छिमेकी ५२ वर्षको फूलचन्द्र बानियाँसँग अवैध सम्बन्ध रहेको श्रीमान‍्ले थाहा पाएपछि पटक–पटक झगडा हुने गरेको थियो । जगदीशको हत्या गर्न बानियाँले पनि सघाएको भन्दै प्रहरीले उनलाई पनि पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ साथै घटनबारे थप अनुसन्धान भइरहेको छ ।


३० भदौ २०७९, बिहीवार २२:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु