बहराइनसँग नेपाल ६–० ले पराजित

एएफसी यू–२० एसियन कप छनोट अन्तर्गत बुधबार राति भएको खेलमा नेपाल घरेलु टोली बहराइनसँग ६–० ले पराजित भएको छ । लगातार तेस्रो हार व्यहोरेपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा भएको खेलमा बहराइनलाई जित दिलाउन अब्दुल्ला अली अल्सुबाईले दुई गोल गरे । यस्तै कप्तान अब्दुल्लाह सुल्तान अल्खालासी, सायद अली नसिर, अब्दुलरहमान गडबन र मुबारक मोहमद हाबिबले एक–एक गोल गरे ।

पहिलो खेलमा बंगलादेशसँग बराबरी खेलेको बहराइनको छनोटमा यो पहिलो जित हो । बहराइनले दुई खेलबाट ४ अंक जोडेको छ ।

लगातार तेस्रो हारपछि अंकविहीन रहेको नेपाल पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो खेलमा भुटानसँग नेपाल २–० ले पराजित भएको थियो । दोस्रो खेलमा कतारले नेपाललाई ३–१ ले हराएको थियो ।


३० भदौ २०७९, बिहीवार १३:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु