आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित
आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
आज दिउँसो १ बजे बस्ने भनिएको बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिए ।
योगीले जारी गरेको सूचनामा आजको बैठक ‘विशेष कारणबश’ बस्न नसक्ने उल्लेख छ ।
३० भदौ २०७९, बिहीवार १२:२१ बजे प्रकाशित












