nast

थप २२१ जनामा कोरोना संक्रमण, २०६ जना निको

पछिल्लो २४ घण्टामा थप २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५८ जनाको परीक्षणमा २२१ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५१९ जनाको पीसीआर परीक्षण गर्दा १२२ जना र २ हजार ५३९ जनाको एन्टिजेन परीक्षण गर्दा ९९ जनामा संक्रमण देखिएको छ ।

योसँगै देशभरमा सक्रिय संक्रमित २ हजार ४४४ जना रहेको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार २४४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २०६ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये २ हजार ३१२ जना होम आइसोलेसनमा रहेका छन् भने १३२ जना संस्थागत आइसोलेसन र ३८ जना आईसीयूमा छन् । यस्तै ३ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४८ हजार ९९६पुगेको छ ।


२० भदौ २०७९, सोमवार १८:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु