punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माओवादी केन्द्र धनगढीद्वारा भलिवल प्रतियोगिता

Chaupati
safha napa

नेकपा माओवादी केन्द्र धनगढी उप महानगरपालिका वडा नम्बर ४ को वडा कमिटिले भलिवल प्रतियोगिताको आयोजना गरेको छ । युवाहरुको मनोभावनाको उच्च सम्मानका लागी भलिवल प्रतियोगिता आयोजना गरेको पार्टी वडा कमिटिले जनाएको छ ।

सोमबार भलिवल प्रतियोगिताको उद्घाटन नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटि सदस्य किशन प्रसाद चौधरी र पार्टी धनगढी उप महानगर सचिवालय सदस्य तथा वडा नम्बर ४ का ईन्चार्ज डिल्लीराज भट्टले सयुंक्त रुपमा गरेका हुन् ।

भलिवल प्रतियोगिता उद्घाटन गर्दै वडा ईन्चार्ज भट्टले युवा बिना देश बिकास असम्भव भएकाले हरेक सकारात्मक काममा युवाहरुको सहभागिता आवश्यक रहेको बताए । उनले युवाहरुलाई लक्षित गर्दै आगामी दिनमा नयाँ कार्यक्रम ल्याउने प्रतिबद्धता गरेका छन् ।


२० भदौ २०७९, सोमवार १४:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु