जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन्। गुलरिया नगरपालिका ३ खैरीस्थित प्रतिक्षालयमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय रतिराम चौधरी लगायत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
उक्त प्रतिक्षालयमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार १ यस ७५ रुपैयाँ र १ गड्डी तास सहित पक्राउ गरको प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
१४ भदौ २०७९, मंगलवार २१:५२ बजे प्रकाशित












