डोटीमा प्रतिनिधिसभा निर्वाचनमा युवाले स्थान पाउनुपर्ने माग
डोटीमा नेपाली कांग्रेसभित्र प्रतिनिधि सभाको निर्वाचनमा युवा नेतृत्वले स्थान पाउनुपर्ने माग उठ्न थालेको छ । पुरानै अनुहारले जनअपेक्षा अनुसार काम नगरेको आरोप लगाउँदै डोटीमा अधिकांश कांग्रेस कार्यकर्ताले युवाले स्थान पाउनुपर्ने बताएका छन् ।
त्यसमा पनि युवा नेता आनन्द विष्ट बलियो उम्मेदवार हुनसक्ने स्थानीय कांग्रेस नेताहरूको बुझाइरहेको छ । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको विषयलाई लिएर डोटीमा कांग्रेस गठबन्धन नगरेर अघि बढ्नुपर्ने समेत उनीहरूको माग छ ।
डोटीमा नेपाली कांग्रेस गठबन्धन नगरी एक्लै निर्वाचनमा जाने पक्षमा देखिएको छ । नेकपा माओवादी केन्द्र र समाजवादी गठबन्धन गर्नु पर्ने पक्षमा देखिएको छ ।
नेपाली कांग्रेस डोटी काठमाडौं सम्पर्क समितिले आइतबार राजधानी काठमाडौंमा भेटघाट कार्यक्रमको आयोजनासमेत गरेको थियो । उक्त कार्यक्रममा पनि स्थानीय नेताहरूले गठबन्धन नगरेर कांग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा जानुपर्ने र नयाँ अनुहार फेरिनुपर्ने बताएका थिए ।
१४ भदौ २०७९, मंगलवार २०:१८ बजे प्रकाशित












