भारतका गौतम अडानी बने विश्वका तेस्रो धनी, मुकेश अम्बानी ११औँ नम्बरमा
भारतको औद्योगिक घराना अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वका तेस्रो धनी व्यक्तिमा दरिएका छन् । फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै उनी विश्वको तेस्रो धनी व्यक्ति बनेका हुन् ।
विश्वव्यापी रूपमा व्यापार तथा वित्तीय विवरणको विश्लेषण गर्ने अमेरिकी कम्पनी ब्लुमवर्गले सार्वजनिक गरेको अर्बपतिहरूको सूचीअनुसार ६० वर्षीय गौतम अडानीको कुल सम्पत्ति १ खर्ब ३७ अर्ब ४० करोड डलर छ ।
ब्लुमवर्गको अति धनाड्यको सूचीको ११औँ नम्बरमा भारतका मुकेश अम्बानी छन् उनको खुद सम्पत्ति ९१ अर्ब ९० करोड डलर छ ।
ब्लुमवर्गको धनाड्यको सूचीमा तीन जना एशियाली उद्योगपतिलाई समावेश गरिएको यो पहिलोपटक हो । अडानीभन्दा अगाडि एलन मस्क र जेफ बजोस छन् । एलन मस्कसँग २ खर्ब ५१ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ भने जेफ बजोस १ खर्ब ५३ अर्ब अमेरिकी डलर बराबरको कुल जायजेथा छ ।
१४ भदौ २०७९, मंगलवार १६:३१ बजे प्रकाशित












