नेपाल फोटो पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कुँवर निर्वाचित

नेपाल फोटो पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति अध्यक्षमा धिरज कुँवर निर्वाचित भएका छन् । सोमबार तत्कालीन अध्यक्ष विवेक नागरीको अध्यक्षतामा धनगढीमा सम्पन्न नेपाल फोटो पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशनबाट अछामका कुँवर अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएका हुन् ।

यस्तै उपाध्यक्ष चक्र मल्ल, महासचिव शंकर बोहरा, सचिव पाण्डव पुजारा, महिला सचिव सुनिता विक, कोषाध्यक्ष नीराजन परियार, सह कोषाध्यक्ष सुदिप थापा निर्वाचित भएका छन् ।

सदस्यहरूमा प्रेम जोशी कैलाली, समीर प्रसाद भट्ट कैलाली, मोहन पनेरु डोटी, रिदम सिंह बझाङ, मदन विक बाजुरा, योगेन्द्र नायक कैलाली, रमेश खत्री दार्चुला र दिनेश महरा कञ्चनपुर रहेका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूपश्चिम प्रदेशका अध्यक्ष योगेश रावल, सचिब हरि जोशी, प्रेस चौतारी नेपाल सुदूरशिचम प्रदेशका महासचिब शिवराज भट्ट, पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष हिमालय जोशी, प्रेस यूनियन कैलालीका अध्यक्ष श्रवण देउवा, नाटा सुदूरपश्चिम प्रदेशका अध्यक्ष पदम बिक्रम सिंह,महासचिब शिवहरी पाण्डे लगागतका पत्रकारहरुको सहभागिता रहेको थियो ।


१३ भदौ २०७९, सोमवार १९:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु