बाजुरामा नेकपा एसबाट नरेशकुमार शाही सिफारिस

नेकपा एकीकृत समाजवादीले बाजुराबाट प्रतिनिधिसभा सदस्यमा युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेशकुमार शाहीलाई सिफारिस गरेको छ । जिल्ला कमिटीको विस्तारित बैठकले शाहीको नाम एकलरूपमा सिफारिस गरेको हो ।

बैठकले निर्वाचन क्षेत्र प्रदेश सभा (क) मा पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज हिक्मतबहादुर शाही, जिल्ला पार्टी सचिव पुरबहादुर रावत र युवासंघका केन्द्रीय उपमहासचिव धर्मबहादुर शाहीको नाम सिफारिस गरेको छ ।

प्रदेश ९ख० का लागि एसका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष गगन रावल र मन्देवी साउद खड्कालाई सिफारिस गरिएको पार्टीले जनाएको छ । संघको समानुपातिकतर्फ काँशि नेपाली ,दावा गुरूङ् भोटे र सत्य खड्का थापालाई सर्वसम्मत सिफारिस गरिएको छ । त्यस्तै प्रदेशसभा समानुपातिकतर्फ अमृता रावल बोहरा र सतल विकको नाम पठाइएको छ ।बाजुराका अध्यक्ष गगन रावलको अध्यक्षतामा बैठक बसेको हो ।


१३ भदौ २०७९, सोमवार १३:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु