सुदूरपश्चिममा लगानी गर्न कैलाली उद्योग वाणिज्य संघको आग्रह

कैलाली उद्योग वाणिज्य संघको टोलीले आइतबार उपत्यकाका उद्योगी व्यसायीसंग भेटघाट तथा छलफल गरेको छ ।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरको नेतृत्वको भ्रमण टोलीले ललितपुर, भक्तपुर र धुलिखेल पुगेर त्यहाँका उद्योग वाणिज्य सङ्घका पदाधिकारीसहित उद्योगी व्यवसायीसंग भेटघाट तथा छलफल गरेको हो ।

आइतबार बिहान धुलिखेल उद्योग वाणिज्य संघका उद्योगी व्यवसायीसंग भेटघाट तथा छलफल गरेको टोलीले दिउँसो भक्तपुर र ललितपुर पुगेर त्यहाँका उद्योगीसंग छलफल गरेको हो ।

भेटघाटका क्रममा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कुँवरले देशमा रहेका उद्योग वाणिज्य संघहरू संचालनको अवस्था बुझ्न र भेटघाट गर्ने भमणको उद्देश्य रहेको बताए । त्यसक्रममा उनले सुदूरपश्चिम पर्यटनको ठूलो समभावना भएकाले तीनवटै जिल्लाका उद्योग वाणिज्य संघलाई सुदूरपश्चिममा लगानी गर्न आग्रह गरे । उनले तीनवटै जिल्लाका उद्योग वाणिज्य संघलाई सुदूरपश्चिम भ्रमणको निम्तोसमेत दिएका छन्।

छलफलका क्रममा व्यवसायीहरूले आफूहरूको समस्यालाई महासंघले कहिले सुनवाइ नगरेको दुखेसो गरेका छन् । जिल्लाका उद्योग वाणिज्य संघले कैलाली उद्योग वाणिज्य संघसंग भाइचाराको सम्बन्ध गरेर अगाडि बढने बताएका हुन् ।

खुला सीमानाकाको समस्यालाई सम्बोधन गर्नका लागि महासंघमार्फत सरकारलाई पहल गरिरहेको
उनीहरूको व्यवसायीहरूको भनाइ छ । प्रशासनले गर्ने अनुगमनका बेला उद्योग व्यवसायलाई धेरै समस्या दिइने गरिएको र सबै जिल्ला उद्योग वाणिज्य संघहरू एक भएर अगाडि बढनुपर्नेमा उनीहरूको जोड छ।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कुँवरको नेतृत्वमा ११ सदस्यीय टोली देशका विभिन्न जिल्लाको भ्रमण अवलोकनमा निस्केको छ ।


१२ भदौ २०७९, आइतवार २३:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु