कैलाली उद्योग वाणिज्य संघ र काभ्रे उद्योग वाणिज्य संघबीच भगिनी सम्बन्ध
कैलाली उद्योग वाणिज्य संघ र काभ्रे उद्योग वाणिज्य संघबीच भगिनी सम्बन्ध कायम भएको छ ।
कैलाली उद्योग वाणिज्य संघको टोली र काभ्रे उद्योग वाणिज्य संघबीच शनिबार भगिनी सम्बन्ध कायम भएको हो । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरको नेतृत्वको भ्रमण टोली काभ्रे पुगेर त्यहाँका पदाधिकारीसहित उद्योगी व्यवसायीसंग भेटघाट तथा छलफलसमेत गरेको छ।
त्यसक्रममा काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पसछेले कैलाली उद्योग वाणिज्य संघसग भेटन पाउँदा निकै खुशी लागेको बताए ।व्यापारीकरणमा सहजीकरण गर्न सकिए भने व्यापार सहज हुने उनले बताए । सरकारले चर्को कर लगाउँदा उद्योग व्यवसायीहरू मारमा परेको उनको भनाइ छ । संघ संस्थाहरूले समन्वय सहकार्य गरेर आगामी बढनुपर्ने उनले जोड दिए।
सोही अवसरमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कुँवरले काभ्रे उद्योग वाणिज्य संघलाई सुदूरपश्चिम भ्रमणको निम्तो दिएका छन्। कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कुँवरको नेतृत्वमा ११ सदस्यीय टोली देशका विभिन्न जिल्लाको भ्रमण अवलोकनमा निस्केको छ ।
१२ भदौ २०७९, आइतवार ०९:०६ बजे प्रकाशित












