कैलाली उद्योग वाणिज्य संघको टोलीद्वारा दमकका उद्योगी व्यवसायीसंग भेटघाट
कैलाली उद्योग वाणिज्य संघको टोलीले शुक्रबार झापाको दमक उद्योग वाणिज्य संघका पदाधिकारीसंग भेटघाट तथा छलफल गरेको छ । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरको नेतृत्वको भ्रमण टोलीले झापा पुगेर त्यहाँका पदाधिकारीसहित उद्योगी व्यवसायीसंग भेटघाट तथा छलफल गरेको हो ।
त्यसक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले कैलाली उद्योग वाणिज्य संघसंग भेटन पाउँदा निकै खुशी लागेको बताए । सोही अवसरमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कुँवरले दमक उद्योग वाणिज्य संघलाई सुदूरपश्चिम भ्रमणको निम्तो दिएका छन्।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कुँवरको नेतृत्वमा ११ सदस्यीय टोली देशका विभिन्न जिल्लाको भ्रमण अवलोकनमा निस्केको छ ।
१० भदौ २०७९, शुक्रवार १७:२५ बजे प्रकाशित












