सुदूरपश्चिमका पूर्वमन्त्रीसहित नेकपा एसका नेताहरू एमालेमा फर्किँदै
नेकपा एकिकृत समाजवादी पार्टी गठन भएको एक वर्षको अवसरमा सबैतिर पार्टी स्थापना दिवश मनारहँदा सुदूरपश्चिम प्रदेशका निवर्तमान अध्यक्ष बिक्रम शाहीसहितका मन्त्रीहरु एमालेमा प्रवेश गर्ने भएका छन् ।
१५ गते एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सुदूरपश्चिम प्रदेशका पूर्वआर्थिक मामिला तथा योजना मन्त्री तारालामा तामाङ, नेकपा एस सुदूरपश्चिमका निवर्तमान अध्यक्ष विक्रम शाही र बेतकोट नगरपालिकाका पूर्वमेयर अशोक चन्द एमाले प्रवेश गराउने कार्यक्रम छ ।
सोही दिन समाजवादीमा प्रवेश गरेका नेता कार्यकर्ता एमालेमा फर्किने एमालेका एक नेताले बताए ।
‘
१० भदौ २०७९, शुक्रवार १३:१५ बजे प्रकाशित












