कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमानको मृत्यु, श्रीमती घाइते
कैलालीमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु भएको छ । मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड अन्र्तगत राजपुरमा सोमबार राति अत्तरियाबाट धनगढीतर्फ आइरहेको सुपप्र ०१०११ प ३८१६ नम्बरको मोटरसाइकल छाडा गाईसँग ठोक्किदा चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका –१३ हिमाली टोल बस्ने ३० वर्षीय गंगा बोगटी रहेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका बोगटीको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कैलालीका प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले बताए । दुर्घटनामा उनकी श्रीमती ३४ वर्षीया सर्मिला राईको घाइते भएकी छन् । घाइते राईको माया मेट्रो अस्पतालमै उपचार भइरहेको छ ।
७ भदौ २०७९, मंगलवार ०९:१९ बजे प्रकाशित












