अछाममा ४० हजार बढी बालबालिकालाई कोभिड–१९ खोप

अछाममा बालबालिकाहरूलाई कोभिड १९ विरुद्धको खोप अभियान सुरु भएको छ । जिल्लाका ४० हजार बढी बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिएको हो ।

आइतबार ५ वर्षदेखि ११ वर्षमुनिका ४० हजार बढी बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले जानकारी दिए ।

नियमित खोपका कार्यक्रमहरू प्रभावित नहुने गरी बालबालिकालाई कोभिड १९ रोग विरुद्धको खोप अभियान सञ्चालन गरिएको ढुंगानाको भनाइ छ ।

सरकारको कोभिड–१९ विरुद्ध खोप अन्तर्गत फाईजर – बायोएनटेक अभियान अन्तर्गत पहिलो मात्रा भदौ ५ देखि ११ सम्म र दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिने भएको छ ।

जिल्लाका ५३४ खोप केन्द्रमार्फत विद्यालय बाहिर रहेका ५२१ र विद्यालयमा अध्ययनरत ३९ हजार ९ सय गरी ४० हजार ४ सय २१ बालबालिकालाई खोप दिइने छ ।

 


६ भदौ २०७९, सोमवार ०८:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु