नेता गिरिको निधनमा लहान नगरपालिकामा शोक बिदा

नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको निधनमा सिरहाको लहान नगरपालिकाले शोक बिदा दिएको छ । लहान नगरपालिकाका मेयर महेषप्रसाद चौधरीले नेता गिरिको निधनमा आज शोक बिदा दिएको जानकारी दिए ।

लहान–१० का गिरिको उपचारका क्रममा ललितपुरको नख्खुमा रहेको मेडिसिटी अस्पतालमा गएराति साढे ९ बजे निधन भएको थियो । उनको निधनले लहान नगरपालिकाको बस्तीपुरगाउँ शोकमा डुबेको छ । समाजवादी चिन्तक गिरि गएको २०७४ सालको चुनावमा सिरहा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।


५ भदौ २०७९, आइतवार १०:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु