बाजुरामा जुवा खेलिरहेको अवस्थामा ५ जना पक्राउ

बाजुरा- बाजुरामा जुवा खेलिरहेको अवस्थामा ५ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको बडिमालिका नगरपालिका वडा नं १ मा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ५ जना जुवाडेलाई पक्राउ गरेको हो। शुक्रबार उनीहरुबाट १६ हजार १ सय २० रुपैँया नगदसहित प्रहरीले बरामद गरेको छ ।

पक्राउ पर्नेहरु वडा नं १ का रहेको प्रहरीले जनाएको छ। तर, उनीहरुको पहिचान भने खुलेको छैन। उनीहरु बडिमालिका वडा नं १ सल्लेना बस्ने बुद्धबहादुर कार्कीले सञ्चालन गरेको पसलमा तास खेलिरहेको गोप्य सूचनाका आधारमा पक्राउ परेका थिए। उनिहरुलाइ पक्राउ गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

 

 


३ भदौ २०७९, शुक्रवार १६:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु