सुनको मूल्य घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घट्दै ९५ हजार ५ सय रुपैयाँमा झरेको छ ।केही दिनयता निरन्तर ओरालो यात्रामा रहेको सुनको मूल्य प्रतितोला ९५ हजारमा झरेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ४ सय रुपैयाँले नै घट्दै ९५ हजार रुपैयाँमा झरेको छ । तर यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा १० रुपैयाँले घट्दै प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


३ भदौ २०७९, शुक्रवार १३:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु