बैतडीमा युवायुवती मृत अवस्थामा फेला

बैतडीमा युवायुवती मृत अवस्थामा फेला परेका छन् । जिल्लाको सिगास गाउँपालिका– ५ रातापोडमा युवायुवती मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यलय बैतडीका अनुसार अन्दाजी २२ वर्षीय केशव दमाई र २१ वर्षीय रमिता बिक मृत फेला परेका हुन् ।

घर नजिकैको रहेको चिउरीको रुखमा दुबै जना झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए ।

‘शव पोष्ट मार्टमको लागि अस्पताल लैजाने तयारी भइरहेको छ, पोष्ट मार्टम पछि थप विवरण खोल्न मिल्छ’, डिएसपी शाहीले भने ।


३ भदौ २०७९, शुक्रवार १२:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु