कैलालीमा एकजना मृत अवस्थामा फेला
कैलालीमा एकजना मृत अवस्थामा फेला परेका छन् । धनगढी उपमहानगरपालिकाको राजपुरमा शनिवार एक जना मृत भेटिएको प्रहरीले जनाएको छ ।
मोहनापुल अत्तरिया ६ लेन सडकको दायाँ तर्फको लेन भन्दा बाहिर रोडको छेउमा धनगढी उपमहाननगरालिका १३ राजपुर बस्ने ३५ वर्षीय छिता राना मृत अवस्थामा भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।
२८ साउन २०७९, शनिवार २२:१० बजे प्रकाशित












