महाकाली नदीमा बगेर बेपत्ता भएका दुई किशोरी अझै फेला परेनन्
महाकाली नदीमा शुक्रवार दिउँसो बगेर बेपत्ता भएका किशोरीहरूको खोजी कार्य जारी रहेको छ। नुहाउने क्रममा बेपत्ता भएका दुई जना किशोरीको अझै फेला परेका छैनन् ।
बैतडीको दशरथ चन्द नगरपालिका-८ की १५ वर्षीया सङ्गीता टमाटा र १६ वर्षीया कविता टमाटा बगेर बेपत्ता भएका हुन्।
शुक्रवार राति खोजी गरेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले शनिवार बिहानैदेखि खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
२८ साउन २०७९, शनिवार १०:५१ बजे प्रकाशित













