punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मध्यपहाडी सडक निर्माण अझै अधुरै

Chaupati
safha napa

देशको समृद्धिको आधारको रूपमा हेरिएको र नेपालको मध्यपहाडी भूभागमा निर्माण गरिन लागेको पुष्पलाल ९मध्यपहाडी० लोकमार्ग आयोजना निर्माणअन्तर्गत अछाममा चारमध्ये एक खण्डको काम अझै सम्पन्न हुन सकेको छैन । चारवटा खण्डमा काम भएको अछाममा ३ खण्डको काम सम्पन्न भइसकेको छ । आयोजनाको ६० किलोमिटर सडक अछाममा पर्छ ।

२०७३ वैशाख १६ मा सम्झौता भई २०७६ वैशाख १५ सम्म कालोपत्र सक्ने लक्ष्य रहेको यो आयोजनाको अछाम खण्डको बीचमा विनायक–ठाटीखाँदमा पर्ने १६ किलोमिटर सडक निर्माणको काममा ढिलाइ भएको हो । सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरी निर्माण कार्य अघि बढाएको यो योजनाअन्तर्गत अछामको उक्त सडक खण्ड कालोपत्र गर्न मूल्य अभिवृद्धि करसहित १ अर्ब १७ करोड बजेट रहेको छ ।

जसमा विनायकदेखि ठाटीखाँदसम्म र ठाँटीखाददेखि मंगलसैनसम्मको सडकको कालोपत्रको लागि ३३र३३ करोड रुपैयाँको ठेक्का स्वीकृत भएको थियो । तर सोचेअनुरूप काम गर्न नसकेको एक कर्मचारीले बताए ।

‘ठेकेदारहरू नेताको संरक्षणमा भएपछि काम अवरुद्ध हुन्छ । जिल्लामा पटकपटक यो खण्डको विषयमा छलफल र बहस हुन्छन् । तर काम भने राम्रोसँग कहिल्यै हुँदैन’ उनले भने, ‘कामदारले आवश्यक मेसिन तथा उपकरण, क्रसर, टिपर, जेसीबी, एक्स्काभेटर, लोडर गुणस्तर मापनका लागि ल्याबलगायतका सामान तथा पूर्वाधार, दक्ष जनशक्तिको अभावले अहिलेसम्म काम सम्पन्न हुन सकेको छैन ।’

अछामको तीन खण्डमा काम सम्पन्न भए पनि बीचको खण्डमा काम सुस्त गतिमा भएको आयोजनाको साइट इन्जिनियर मनीष सिंहले बताए । उनका अनुसार मंगलसैन ठाटीखाँद, बेलखेत–कैलाश खोला, विनायक–बेलखेतको काम सम्पन्न भएको छ । समयमै काम सम्पन्न हुनुपर्छ भनेर निर्माण कम्पनीलाई पटकपटक पत्रसमेत पठाएकाको उनले बताए । पटकपटक गरी ३४ पटकसम्म काम सम्पन्न गर्नलाई म्याद थपिएको उनको भनाइ छ । ‘वर्षाको समय सुरु भएसँगै अछाममा मध्यपहाडी सडक क्षेत्रमा पहिरो जान थालेको छ ।


२३ साउन २०७९, सोमवार १४:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु