मुख्यमन्त्री राई कोरोना संक्रमणमुक्त
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई कोरोना संक्रमणमुक्त भएका छन् । साउन १७ मा संक्रमण देखिएपछि मन्त्री राईसहित पत्नी शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राई होम आइसोलेसनमा थिए ।
पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै मुख्यमन्त्री राई आजदेखि नियमित काममा फर्किएका हुन् । सचिवालयका अनुसार राईको स्वास्थ्य अवस्था सामान्य छ ।
२३ साउन २०७९, सोमवार १३:५५ बजे प्रकाशित































