काभ्रेस्थलीमा एकै परिवारका चार जनाको बीभत्स हत्या

काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको बीभत्स हत्या भएको छ । तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीका दिनेश पाण्डेसहित चार जनाको बीभत्स हत्या भएको प्रहरीले जनाएको छ ।

उपत्यका अनुसन्धान कार्यालयका एक प्रहरी अधिकारीका अनुसार पाण्डे, उनकी श्रीमती सुनिता पाण्डे, छोरी आशिका र ११ वर्षका छोरा आशिकको हत्या भएको हो ।

प्रहरीका अनुसार पाण्डेकी श्रीमती र छोराछोरीमाथि धारिलो हतियार प्रहार गरेर हत्या भएको देखिएको छ । दिनेश पाण्डे भने झुण्डिएको अवस्थामा फेला परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिए ।

प्रहरीका अनुसार पाण्डे परिवारको शव भेटिएको कोठाको अवस्था बीभत्स देखिन्छ । एउटा खाटमाथि छोराछोरीको शव छ । खाटमुनि अर्धनग्न अवस्थामा दिनेश पाण्डेकी श्रीमतीको शव छ । उनको शरीरभरि धारिलो हतियार प्रहार भएको देखिन्छ ।
त्यस्तै, दिनेश पाण्डेको समेत शरीरमा धारिलो हतियार प्रहार भएको देखिन्छ । उनको घाँटीमा भने चार्जरको तारले समेत बाँधिएको छ ।

प्रहरीका अनुसार सुनिता केही समयपछि विदेश जाने तयारीमा थिइन् । प्रहरी स्रोतका अनुसार उनी बेलायत जाने अन्तिम तयारीमा रहेको खुलेको छ । घट्नाबारे थप अनुसन्धान भइरहेको छ ।


१६ साउन २०७९, सोमवार १६:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु