भुइँचालोले भोजपुरमा दुई घर भत्कायो

भूकम्पबाट भोजपुरको भोजपुर नगरपालिका -१२ टक्सारमा दुई घर भत्केको छ ।

आइबार बिहान ८ बजेर १३ मिनेटमा खोटाङको मार्तिमविर्ता केन्द्रविन्दु बनाएर गएको भूकम्पले भोजपुरका स्थानीय प्रमोद हलवाईको घर भत्किएको छिमेकी सागर उदासले जानकारी दिए । उनका अनुसार उक्त घर २०७२ को भूकम्पले चर्काएको थियो ।

जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका अनुसार हाल सम्म क्षतिको विवरण आइसकेको छैन ।
आज बिहान खोटाङ केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

 


१५ साउन २०७९, आइतवार १२:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु