धनगढीमा मोटरसाइकलले गाईलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु

धनगढीमा मोटरसाइकलले गाईलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुरमा अत्तरियाबाट धनगढी तर्फ आउँदै गरेको से ६ प ८०२८ नम्बरको मोटरसाइकलले छाडा गाईलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको हो ।

धनगढी विशालनगरका चालक ४४ वर्षीय विरेन्द्र शर्मा र पछाडि सवार ५५ वर्षीय निर्मल हमाल गम्भीर घाइते भएका थिए । पछाडि सवार गम्भीर भएका हमालको मायामेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घाइते शर्माको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ ।


१३ साउन २०७९, शुक्रवार ०७:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु