बझाङमा बालकको कङ्काल फेला
बझाङमा २ महिना अगाडी बेपत्ता भएका एक बालकको कङ्काल फेला परेको छ । जेठ १४ गतेदेखि बेपत्ता भएका जय पृथ्वी नगरपालिका – १ कैलाश गाउँका मदेश शाहीका ९ वर्षीय छोरा धरेन शाहीको कपडा सँगै कङ्काल फेला परेको हो ।
धरेन घोणकोटको जङ्गलबाट बेपत्ता भएका थिए । उनको टाउको र हड्डी जय पृथ्वी नगरपालिकामा पर्ने नौला वन भन्ने ठाउँमा भेटिएको हो ।
अस्थिपञ्जरसँग रहेको उनको कपडाको आधारमा शवको पहिचान गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
१२ साउन २०७९, बिहीवार १४:५४ बजे प्रकाशित












