रवीन्द्र मिश्रलाई फेरि कोरोना संक्रमण

विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रलाई कोरोना संक्रमण भएको छ। उनले आफूलाई दोस्रो पटक कोरोना संक्रमण भएको बताए। उनलाई यसअघि छ महिना पहिले पनि कोरोना लागेको थियो। मिश्र केही दिनदेखि बिरामी थिए।

‘अहिले फेरि कोरोना संक्रमण भयो। लक्षणहरू पहिलो पटकजस्तो कडा छैन,’ उनले भने, ‘ज्वरो, कम्मर दुखाइ र घाँटीमा समस्या छ।’

मिश्र घरमै आराम गर्दैछन्। उनले मंगलबार आफूले कसैसँग पनि भेटघाट नगरेको र त्यसअघि आफूसँग भेटेकाहरूलाई विचार पुर्‍याउन आग्रह गरेका छन्। पछिल्लो समय नेपालमा फेरि कोरोना संक्रमण बढेको छ।


४ साउन २०७९, बुधवार १०:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु