नेपाली टोली आज स्वदेश फर्कदै

नेपाली क्रिकेट टोली आज स्वदेश फर्कदै छ । लिग टु खेलेर नेपाली टोली आज अपरान्ह स्वदेश फर्कन लागेको हो ।

क्यानका अनुसार नेपाली टोली मंगलबार दिउँसो २ः४५ मिनेटमा नेपाल आइपुग्ने छ । स्कटल्याण्डमा भएको लिग २ मा नेपालले चार खेलमा एक खेल मात्र जितेको छ । बाँकी तीन खेलमा भने पराजित भएको थियो ।

नेपालले स्कटल्याण्ड र नामिबियासँग दुई दुई खेल खेलेकोमा नामिबियासँगको दुबै खेलमा पराजित हुँदा स्कटल्याण्डसँग एक खेलमा जित निकाल्दा एकमा पराजित भएको थियो ।

आगामी वर्ष भारतमा हुने एकदिपशिय विश्वकपको छनोटको रुपमा हेरिएको प्रतियोगितामा सात टोलीको सहभागिता रहेको छ । नेपालले ३६ खेलमा २० खेल खेलेको छ । नेपाल १७ अंक सहित लिगकोे छैटौं स्थानमा रहेको छ ।

लिगका सबै खेल खेलेको ओमान ४४ अंकसहित शिर्ष स्थानमा रहेको छ । लिगका शिर्ष तीन टोलले विश्वकपमा स्थान बनाउनेछन् ।


३ साउन २०७९, मंगलवार ११:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु