महाकालीमा तुइनबाट खसेर १७ वर्षीय किशोर बेपत्ता

दार्चुलाको ब्यास गाउँपालिका–२ दुम्लिङस्थित गोठाल घाटमा तुइनबाट खसेर एक किशोर बेपत्ता भएका छन् । भारतबाट घर फर्कने बेला तुइन तरिरहेको अवस्थामा तुइन बाँधिएको खम्बा टुटेर किशोर बेपत्ता भएका हुन् ।

भारत उत्तराखण्ड राज्यको धारचुला तहसिल अन्तर्गत गर्वाधार बजारबाट खाने तेल किनेर घर फर्कने क्रममा दुम्लिङका स्थानीय १७ वर्षीय सचिन बुढाथोकी तुइन टुट्दा महाकालीमा बेपत्ता भएको ब्यास गाउँपालिका–२ का वडाध्यक्ष धिरनसिंह बुढाथोकीले बताए ।

बेपत्ता भएका किशोरको खोजीका लागि घटनास्थलमा अहिले सुरक्षाकर्मी पुगेका छन् । बेपत्ताको खोजीमा महाकाली किनारमा प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जुटिरहेका छन् ।

 


२२ असार २०७९, बुधवार १८:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु