bhatbhathni

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भैँसीगाडासँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

मृत्यु हुनेमा जिल्लाको पुनर्वास नगरपालिका- १ का २४ वर्षीय मोटरसाइकल चालक जितराम राना रहेका छन्।

बुधबार राति ८ः३० बजेको समयमा बेलौरी नगरपालिका वडा नम्बर ५ स्थित रामनगरबाट चानदेउतर्फ गइरहेको सुपप्र ०१ ००१ प ८३९ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको भैसीगाडासँग ठोक्किएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

घाइते रानालाई उपचारका लागि बेलौरीको इशान मेमोरीयल अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

 


९ असार २०७९, बिहीवार १०:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु