गोरखामा भूकम्पको धक्का महसुस
गोरखामा भूकम्प गएको छ। आज बिहान ७ बजेर २२ मा गोरखाको थुमी केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.१ रेक्टर स्केलको धक्का महसुस गरिएको हो।
गोरखा आसपासका जिल्लाहरुमा पनि भूकम्पको धक्का महसुस भएको छ । यसअघि आज बिहान कास्कीको लुम्ले केन्द्रविन्दु बनाएर ४। ९ रेक्टरको भूकम्प गएको थियो
९ असार २०७९, बिहीवार ०८:४३ बजे प्रकाशित












