बलात्कार घटनाका दोषीलाई कडा सजायको कानुन बनाउन सांसदहरूको जोड

सांसदहरूले बलात्कारका घटनाका दोषीलाई दिइने सजायसम्बन्धी कानुनलाई कडा बनाउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समिति बैठकमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनीहरूले बलात्कारका घटनाका दोषीलाई दिइने कानुनको स्वरूप परिर्वतन गर्नुपर्ने बताए ।

उनीहरूले यौन हिंसाका घटनामा हदम्याद राख्न नहुने जिकिर गरेका छन् । छलफलमा भाग दिदै कांग्रेस सांसद पुष्पा भुसालले बलात्कारका घटना हुनै नदिने गरी कडा कानुन बनाउनुपर्ने बताइन् । बलात्कारका घटनामा हदम्याद घटाउने गरिनै कानुन निर्माण गनुपर्ने उहाको भनाइ छ ।

कांग्रेस सांसद डिला संग्रौलाले पनि कुनै घटना तत्काल बाहिर आउन नसक्ने भन्दै जबरजस्ती करणीमा हदम्याद घटाउनुपर्ने बताइन् ।एमाले सांसद झपट रावलले महिला मात्रै नभई पुरुषमाथि पनि हिंसा हुने भएकाले यस विषयलाई कानुनमा ध्यान दिनुपर्ने धारणा राखे ।

यौन व्यवसायको विषयमा पनि छलफल चलाउनुपर्ने आवश्यकता औंल्याउँदै उनले जबरजस्ती करणी, यौन हिंसाका बारेमा थप व्याख्या गर्न आवश्यक रहेको बताइन् । समिति सदस्यहरूले बालिका तथा किशोरीमाथि हुने हिंसाका घटनाका मुद्दालाई छिनोफानो गर्ने गरी कानुन निर्माणमा जोड दिए ।

 


८ असार २०७९, बुधवार १६:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु