bhatbhathni

१० असारभित्रै विभाग गठन गर्ने देउवाको तयारी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असार १० गतेभित्रै विभाग गठनको तयारी थालेका छन् । नवनिर्वाचित कार्यसमितिले सपथ लिएको असार १० गते ६ महिना पुग्ने भएकाले त्यसअघि नै देउवाले विभाग गठन गर्ने तयारी गरेका हुन् ।

विधान अनुुसार विभाग तथा समितिहरु महाधिवेशन पश्चात् ६ महिना भित्र गठन गरिसक्नुपर्ने व्यवस्था छ । पुस १० गते सपथ लिएको समयानुसार असार १० गते नयाँ कार्यसमितिको ६ महिना पुग्छ ।

सभापति देउवाले विभाग गठनका लागि तयारी थालेको शीर्ष तहका एक नेताले जानकारी दिए । ‘सपथ लिएको दिनबाट असार १० गते निर्वाचित कार्यसमितिको छ महिना पुग्दछ । असार १० अघि नै विभाग गठनको तयारी भएको छ,’ ती नेताले भने ।

उनका अनुसार सभापति देउवाले एकैपटकमा सबै विभाग गठन गर्ने छैनन् । प्रारम्भमा ७/८ वटा विभाग गठन हुनसक्ने उनले बताए ।

कांग्रेसको विधान अनुसार २८ विभागको व्यवस्था छ । विभागमा बढीमा ५१ सदस्य हुने प्रावधान छ । प्रमुख, उपप्रमुख, एक सचिव र सदस्यहरुको नियुक्ति पार्टी सभापतिले गर्ने व्यवस्था छ ।

 

 


७ असार २०७९, मंगलवार १२:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु