सुदूरपश्चिमको मौसम बद्ली, केही ठाउँमा हल्का वर्षा
सोमबार सुदूरपश्चिम प्रदेशको मौसम बद्ली भई पहाडी क्षेत्रमा वर्षा भएको छ। मौसमविद् सजिना शाक्यका अनुसार पहाडी क्षेत्रका एक / दुई ठाउँमा हल्का वर्षा भएको हो।
प्रदेशमा अझैँ मनसुन सक्रिय नभएको र पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण हल्का वर्षा भएको उनले बताइन्। त्यस्तै, आज लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ। कर्णाली प्रदेशको पनि मौसम बद्ली भई पहाडी क्षेत्रका एकरदुई ठाउँमा हल्का वर्षा भएको मौसमविद् शाक्यले जानकारी दिइन्।
सुदूरपश्चिमसँगै आज लुम्बिनी, कर्णाली, प्रदेश १ र मधेस प्रदेशका केही ठाउँमा मेघगर्जनसहित चट्याङ्ग पर्ने सम्भावना रहेको छ। अन्य प्रदेशका केही ठाउँमा पनि मेघगर्जनसहित पानी पर्ने सम्भावना छ। मौसमविद्ले चार प्रदेश वाग्मती, गण्डकी, प्रदेश–१ र मधेस प्रदेशमा मात्रै मनसुन सक्रिय रहेको बताएका छन्।
६ असार २०७९, सोमवार १०:५३ बजे प्रकाशित












