जबरजस्ती करणी मुद्दाका दोषी १० बर्षपछि पक्राउ

पर्सामा प्रहरीले जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका-१ का ३५ बर्षीय उमाशंकर गिरीलाई पक्राउ गरेको हो ।

२०६९ जेठ २ गते राति १२ बजे मानसिक सन्तुलन ठीक नभएकी २६ बर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा मुद्दा परेको थियो । उनलाई जिल्ला अदालत पर्साले २०७० जेठ १७ गते ५ वर्ष कैद सजाय सुनाएको थियो ।

घटनापछि उनी फरार रहेको र अहिले पक्राउ गरेर अदालत बुझाइएको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको फैसला कार्यान्वयन विशेष टोलीले असार  ५ गते ११ बजे वीरगञ्ज-१ छपकैयाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।


५ असार २०७९, आइतवार १७:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु