punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्रीलाई मेयर हमालको आग्रह– गेटा मेडिकल कलेजलाई विश्वविद्यालय वा प्रतिष्ठान बनाइयोस्

Chaupati
safha napa

प्रधानमन्त्री शेर बहादुर देउवालाई धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले गेटा मेडिकल कलेजलाई विश्वविद्यालय वा प्रतिष्ठान बनाउन आग्रह गरेका छन् ।

धनगढी उपमहानगरपालिकाको प्रशासनिक भवन उद्घाटन गर्न पुगेका देउवालाई हमालले यहाँको विकासमा चासो दिन आग्रह गरेका हुन् । उनले सुदूरपश्चिम प्रदेशको स्वास्थ्यमा ठुलो प्रभाव पर्ने भन्दै गेटालाई पहिलो प्राथमिकतामा विश्व विद्यालय नभए प्रतिष्ठान बनाउन आग्रह गरे ।

‘गेटा मेडिकल कलेज निमार्ण भइरहेको छ । हरैया औद्योगिक क्षेत्र अझै बन्न सकेको छैन’ उनले भने ‘यी समस्याहरू हल हुने हामीले अपेक्षा गरेका छौँ ।’

उनले धनगढी दिपायल फास्ट ट्याक निर्माणमा पनि चासो दिन आग्रह गरेका थिए । हमालले सुरुङ मार्गको सपना देखाउने तर प्रक्रिया अगाडी नबढाउने परम्पराको अन्त्य हुनुपर्ने बताएका थिए । धनगढीको सबै भन्दा ठुलो समस्या डुबान रहेको भन्दै उनले त्यसको लागि उपमहानगरपालिकाले काम गरिरहेको बताए ।

 


४ असार २०७९, शनिवार १०:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु