सारथी अस्पतालद्वारा पत्रकारलाई नि:शुल्क चेकजाँचको व्यबस्था
धनगढीको सारथी अस्पतालले पत्रकारलाई नि:शुल्क चेकजाँच गर्ने व्यबस्था गरेको छ । अस्पतालले कैलालीका पत्रकारलाई ओपिडी चेकजाँच पूर्ण रुपमा नि:शुल्क र अन्य सेवामा २० प्रतिशत छुटमा सेवा दिने भएको छ ।
नेपाल प्रेस युनियन कैलाली र सारथी अस्पताल प्रालि बिच भएको सम्झौता अनुसार कैलालीमा कार्यरत पत्रकार एक घर परिवारका चार जनालाई समेत ओपिडी चेकजाँच पूर्ण रुपमा नि:शुल्क र अन्य सेवामा २० प्रतिशत छुट दिने प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाले जानकारी दिए ।
सारथी अस्पतालका प्रवन्ध निर्देशक बेदप्रकाश जोशी र नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार ओपिडी चेकजाँच नि:शुल्क गर्ने तथा ल्याव, बेड भर्ना, फार्मेसी, यूएसजी, इको, एक्सरे, आइसियू र इसिजीमा २० प्रतिशत छुट दिने अस्पतालका प्रबन्ध निर्देशक बेदप्रकाश जोशीले जानकारी दिए ।
सम्झौता कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम ईन्चार्ज भीम चौधरी, नेपाल फोटो पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष विवेक नागरी, नेपाल प्रेस युनियन कैलालीका सदस्य कृतबहादुर बिष्टको उपस्थिती रहेको थियो ।
२ असार २०७९, बिहीवार ११:५३ बजे प्रकाशित












