कैलालीमा लागुऔषधसहित २ जना पक्राउ
कैलालीमा लागुऔषधसहित २ जना पक्राउ परेका छन् । जिल्लाको भजनी नगरपालिका–६ बाट बर्दगोरिया गाउँपालिका–४ का २६ वर्षीय दिनेश ठकुल्ला र २५ वर्षीय यमराज शाहीलाई सोमबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यलय कैलालीका अनुसार ठकुल्लाले चलाएको सुपप्र ०१००१० प ६७२८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा १५ ग्राम ५ सय मिलिग्राम खैरो हिरोइन फेला परेको हो। पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
३१ जेठ २०७९, मंगलवार १३:०३ बजे प्रकाशित












