स्वास्थ्य राज्यमन्त्री वली प्रहरी नियन्त्रणमा
प्रहरीले लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीलाई नियन्त्रणमा लिएको छ । घरभित्रै गएर महिला तथा बालबालिकामाथि कुटपिट गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कको लालुमण्डीको पछाडि बस्ने मीना भण्डारी बस्नेतको घरभित्रै पसेर मंगलबार बिहान राज्यमन्त्री वलीले मीना र उनकी छोरीलाई कुटपिट गरेकी हुन् ।
मन्त्री आफैं अर्काको घरभित्र गएर कुटपिट गर्नुका साथै लत्ताकपडासमेत फालिदिएपछि घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । आरोपित राज्यमन्त्री वली अहिले इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा छिन् ।
३१ जेठ २०७९, मंगलवार ११:५५ बजे प्रकाशित












