विद्यालयमा शैक्षिक सामाग्री वितरण
धनगढी उपमहानगरपालिका -१ मा रहेको श्री सरस्वती आधरभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ । नेपाल परिवार दलका नेता खडक नागरीको पहल र बोधित्सव बिहारको सहयोगमा विधालयमा शैक्षिक सामाग्री वितरण गरिएको हो ।
बिधार्थीलाई २सय पिस कपि, २सय पिस पेन्सिल र २ सय पिस इेलेजर वितरण गरिएको पिस फोर्सका युवा नेता अजय जैरुले बताए ।
बितरण कार्यक्रममा नेपाल परिवार दलका सुदूरपश्चिम प्रदेश संयोजक खडक नागरी, केन्द्रीय सदस्य बिष्णु बिक, नेपाल परिवार दलका जिल्ला सदस्य श्याम नेपाली, प्रदेश सदस्य सीता पाठक, बिद्यालयका प्रधानध्यापक पदम राज जोशी, विद्यालय ब्यापस्थापनका अध्यक्ष लक्ष्मण बिक लगायत बिधार्थीका अभिभावकहरुको सहभागीता रहेको थियो ।

विद्यालय प्रधानध्यापक जोशीले शैक्षिक सामाग्री वितरण गरिएकोमा धन्यवाद ब्यक्त गरेका छन् । उनले आगामी दिनमा पनि यस्तै सहयोग गर्नुपर्नेमा जोड दिए । यस भन्दा अघि पनि धनगढीका बिभीन्न बिधालयमा नेपाल परिवार दलको सहयोगमा बिधार्थीलाई झोला बितरण गरिएको थियो ।

३१ जेठ २०७९, मंगलवार १०:५५ बजे प्रकाशित












