देशभर थप १५ जनामा कोरोना संक्रमण, १०२ जना सक्रिय संक्रमित
पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८६ जनाको पीसीआर परीक्षणमा ९ जना र १ हजार १२५ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी १५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट १३ जना निको भएका छन् भने हाल देशभर १०२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १०२ जना होम आइसोलेसनमा रहेका छन् ।
सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ६१५पुगेको छ ।योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार २१७ जना संक्रमणमुक्त भएका छन् ।
३० जेठ २०७९, सोमवार १७:२१ बजे प्रकाशित












