बाजुराको बुढीगंगा निर्वाचन विवाद : सरकारी पक्षले हस्तक्षेपकारी बहस गर्ने

बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचन विवादमा सर्वोच्च अदालतमा हुन लागेको सुनुवाइमा सरकारी पक्षले हस्तक्षेपकारी बहस गर्ने तयारी गरेको छ। नेकपा एमालेले मतगणनाको माग गर्दै अन्तिरिम आदेश मागेपछि सरकारी पक्षले उक्त तयारी गरेहको हो।

सरकारी वकिल सरकारका पक्षबाट स्वतस् जानकारी लिएर बहसमा उत्रिने भएका हुन्। यसअघि प्रहरी महानिरीक्षकमा बढुवा विवादमा एआइजी विश्वराज पोखरेलले हालेको मुद्दामा पनि सरकारी पक्षले हस्तक्षेपकारी बहस गरेको थियो।

बुढीगंगा निर्वाचन विवादमा सरकारका पक्षबाट फैसला गर्न महान्याधिवक्ताको कार्यालयबाट एकजना सरकारी वकिल पठाइएको छ।

आवश्यक पर्दा महान्यायाधिवक्ता खम्मबहादुर खाती आफैंसमेत उपस्थित हुने तयारी छ। नेपाली कांग्रेसका तर्फबाट महान्याधिवक्ता खातीका दाइ रंग खाती पालिका प्रमुखकका उम्मेदवार छन्। मुद्दा हरि फुयाँलको एकल इजलासमा परेको छ।

मतदानका क्रममा विवाद भएपछि नेपाली कांग्रेसले पुनस् मतदानको माग गरेको छ भने नेकपा एमालेले मतगणना हुनुपर्ने माग गरेको छ। निर्वाचन आयोगले बहुमतबाट पुनस् मतदानको निर्णय गरिसकेको छ। एमालेले स्थलगत अध्ययन प्रतिवेदनअनुरुप निर्णय नभएको भन्दै सर्वोच्च गुहारेको हो।


३० जेठ २०७९, सोमवार १३:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु