अछाम हत्या प्रकरण : युवकको शव आफन्तले बुझे

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा मृत भेटिएका १६ वर्षीय किशोर विनोद शाहीको शव आफन्तले बुझेका छन् । शव फेला परेको ६ दिनपछि आफन्तले बुझेका हुन् । परिवारजनले किटानी दिअछाम एका व्यक्तिविरुद्ध जाहेरी दिन प्रशासन तयार भएपछि बिहीबार पोस्टमार्टम गरेर आफन्तले किशोरको शव बुझाका हुन् ।

मृतकका आफन्तले किटानीसहित दिएको जाहेरीका आधारमा प्रहरीले मुद्दा दर्ता गरेपछि आफन्तले शव बुझेको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टले बताए । मृतकका आफन्तले किटानीसहित जाहेरी दिँदा प्रहरीले नबुझको भन्दै यसअघि पाँच दिनसम्म मृतकका आफन्तले शव बुझेका थिएनन् ।

बुधबार घटनाको अनुसन्धान गर्ने र किटानी परेका व्यक्तिका नाममा मुद्दा दायर गर्ने सहमतिपछि पीडित पक्ष शवको पोस्टमार्टम गर्न मञ्जुर भएका थिए । पीडित पक्ष मञ्जुर भएपछि बुधबार नै शव जिल्ला अस्पताल लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पीडित पक्षले नवनिर्वाचित जनप्रतिनिधि लगायत अन्य १४ जनाका नामा किटानी जाहेरी दिएका छन् । बिहीबारसम्म सोधपुछका लागि भन्दै प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।


२६ जेठ २०७९, बिहीवार १५:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु