पाकिस्तानमा बस दुर्घटना, २२ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानमा  बस दुर्घटना हुँदा कम्तीमा २२ यात्रुको मृत्यु भएको छ । दक्षिणपश्चिम पाकिस्तानको दुर्गम स्थानमा सडकबाट खाल्डोमा खस्दा महिला र बालबालिकासहित २२ यात्रुको मृत्यु भएको हो ।

बलुचिस्तान प्रान्तको किल्ला सैफुल्लाह जिल्लामा सो दुर्घटना भएको हो । सहायक जिल्ला प्रशासक मोहमद क्वासिमका अनुसार दुर्घटनामा सबै जनाको मृत्यु भएको छ । तीब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

दुर्घटनाको समयमा मौसम खराब रहेको प्राप्त विवरणहरूमा जनाइएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार तीब्र गतिका कारण बस अनियन्त्रित भएर पहाडको खोंचमा खसेको थियो ।

दुर्घटनाप्रति पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले दुःख व्यक्त गरेका छन् ।


२६ जेठ २०७९, बिहीवार ११:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु