गेटा मेडिकल कलेज संचालनको माग गर्दै प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

निर्माणाधिन प्रस्तावित गेटा मेडिकल कलेज संचालनको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाइएको छ । ‘गेटा मेडिकल कलेज संचालानार्थ संघर्ष समिति’ अत्तरियाले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा तत्काल मेडिकल कलेज संचालनमा ल्याउनु पर्ने, मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अगाडी बढाउनु पर्ने, मेडिकल कलेज संचालनका लागि आगामी आर्थिक बर्षमा आवश्यक बजेट विनियोजन गरिनु पर्ने लगायतका माग राखिएका छन ।


१२ जेठ २०७९, बिहीवार १४:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु